हेटौंडा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौडामा स्कुल बससहित ५ सवारी आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन् ।
सोमबार बिहान हेटौंडा –१५ को रातोमाटे नजिक ट्रक, दुई वटा ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
‘पाँचवटा सवारी ठोक्किएका छन्, १५ जना सामान्य घाइते भएका छन्,’ उनले भने । मानवीय क्षति भने नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।
घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






































