काठमाडौँ / परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ । उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ ।
चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लागेका हुन् । एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन् । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।