काठमाडौँ / मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
बिर्तामोड / बिर्तामोड नगर प्रहरीले जथाभावी फोहोर फाल्दै गरेका व्यक्तिहरूको मोटर साइकल, स्कुटर र साइकल नियन्त्रणमा लिएको छ । सोमबार राती बसपार्क जाने सडक नजिकै रहेको चिया बगान क्षेत्रमा जथाभावी फोहोर फालेको देखेपछि गस्तीमा खटिएको नगर प्रहरीको टोलीले फोहोर फाल्ने व्यक्तिहरूको मोटरसाइकल, स्कुटर र साइकल नियन्त्रणमा लिएकोप्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको नगरप्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए । उक्त चियाबगान क्षेत्रमा जथाभावी फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगरप्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ । यस क्ष
झापा / अरिङ्गालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ , भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो । प्रहरीका अनुसार अरिङ्गालको टोकाइबाट घाइते भएका स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।सोमबार बेलुका धान काटेर घर फर्किनेक्रममा उनीहरूलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।कोहलपुर लैजाँदै गर्दा छोर
बिर्तामोड / झापाको बिर्तामोड २ मा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिस साउदेन र सोही स्थानका ४३ बर्षिय भोलाराज भुजेल रहेका छन् । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ न को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको मे ३ प ५५८० न को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । मे ५ प १६०४ नम्बरको मोटरसाइकल चालक सोही स्थानका भुजेल, उनकी श्रीमती ४२ बर्षिया चन्द्रकला भुजेल, छोरी ९ बर्षिया प्रशना भुजेल घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचार
झापा / शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोक मनाउन सरकारले मंगलबार देशभरि सार्वजनिक बिदा दिने भएको छ । जोशीको निधनको शोकमा कात्तिक १ मा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । १०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो । भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिर्तामोड / झापाको हल्दीबारी गाउपालिका -१ गोलधापमा लोकतान्त्रिक बम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय स्थापना भएको छ । समितिका संयोजक तथा नेकपा माओवादीका नेता मोहन टुडुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व गृह तथा उपप्रधानमन्त्री कृण्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो । चुनावी सभालाई सम्बोधन गर्न गोलधाप पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता कृण्ण प्रसाद सिटौलाले जनतालाई निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । सोमबार बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै सिटौलाले लोकतन्त्रको रक्षाका लागि गठबन्धन गर्नु
विराटनगर / यस वर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरूलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय ले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको साथै कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरूको समूह आ
काठमाडौँ / नेपाली सेनाका एक जना हुद्दा मृत अवस्थामा फेला परेका छन् ।गल्फ खेलाडीसमेत रहेका हुद्दा भुवन पुडासैनी आज बिहान काठमाडौँको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।उनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।नुवाकोटका पुडासैनी हाल काठमाडौँको तिलगंगा बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिलवालले बताए ।
दाङ / दाङको तुलसीपुरमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरी शव फेला परेको छ ।तुलसीपुर उपमहानगरपालिका –१३ स्थित दमार गाउँको जङ्गलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शरद र रोशनी तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरूको शव आइतबार जङ्गलमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पोखरा / सरकारले आज (आइतबार) देखि अनिश्चितकालका लागि देशैभर प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि उडान बन्द गरेको हो ।अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरूबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.