बिर्तामोड / झापाको हल्दीबारी गाउपालिका -१ गोलधापमा लोकतान्त्रिक बम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय स्थापना भएको छ । समितिका संयोजक तथा नेकपा माओवादीका नेता मोहन टुडुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व गृह तथा उपप्रधानमन्त्री कृण्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो । चुनावी सभालाई सम्बोधन गर्न गोलधाप पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता कृण्ण प्रसाद सिटौलाले जनतालाई निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । सोमबार बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै सिटौलाले लोकतन्त्रको रक्षाका लागि गठबन्धन गर्नु परेको बताए ।
निर्वाचन नेताका लागि नभइ जनताका लागि आएको सिटौलाको भनाइ छ । राजेन्द्र लिङ्देनको गृह नगरमा पुगेर सिटौलाले एमालेले किन राजावादीलाई बोक्दै छ भन्दै जनतासँग प्रश्न समेत गरेका छन् । उनले राजनीतिमा जनताको मालिक नेता नभई जनता नै बन्नु पर्ने लगायतका धारण राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सुशीला ढकाल , प्रदेशसभा निर्वाचनका झापा क्षेत्र ३ ख का गठबन्धनका उम्मेदवार पूर्ण सिहं राजवंशीको विशेष आतिथ्यता रहेको थियो । कांग्रेस महाधिवेशन प्रतिनिधि उर्मिला गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सह -संयोजक तुलसी ओलीले गरेका थिए ।