दाङ  / दाङको तुलसीपुरमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरी शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका –१३ स्थित दमार गाउँको जङ्गलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको हो । 

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शरद र रोशनी तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरूको शव आइतबार जङ्गलमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।