काठमाडौँ /  मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको  मूल्य प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ थियो । चाँदीको  मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।