बिर्तामोड / बिर्तामोड नगर प्रहरीले जथाभावी फोहोर फाल्दै गरेका व्यक्तिहरूको मोटर साइकल, स्कुटर र साइकल नियन्त्रणमा लिएको छ ।
सोमबार राती बसपार्क जाने सडक नजिकै रहेको चिया बगान क्षेत्रमा जथाभावी फोहोर फालेको देखेपछि गस्तीमा खटिएको नगर प्रहरीको टोलीले फोहोर फाल्ने व्यक्तिहरूको मोटरसाइकल, स्कुटर र साइकल नियन्त्रणमा लिएको
प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको नगरप्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।
उक्त चियाबगान क्षेत्रमा जथाभावी फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगरप्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगरकमिटीको आयोजनामा सोमबार बिहान सरसफाइ गरिएको थियो ।
नियन्त्रणमा लिएका सवारीलाई नगरपालिकाको कार्यालयमा राखिएको पाण्डेले बताए । बिर्तामोड नगरपालिकाले जथाभावी फोहोर फाल्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिएर कानून अनुसार कारवाही गर्दै आएको छ ।
नगरले सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरेपनि फोहोरको उचित व्यवस्थापन गर्न आम मानिसले यसको समस्या भोग्नु परेको छ ।