समाचार

    Showing 19,881-19,890 of 25,968 items.
  • तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

    काठमाडाैं । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन् ।जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिएका छन ।दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना घटेको वडाध्यक्ष बुढाथोकीले बताए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको र दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा पुगि  खोजी कार्य ज

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 141 पटक पढिएको
  • पदम लिम्बूको शव सहर परिक्रमा गराउने क्रममा झडप, स्थिति तनावग्रस्त

    विराटनगर । विराटनगर आज तनावग्रस्त बनेको छ । पदम लिम्बूको शवलाई सहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू (लाजेहाङ)को शवयात्रा गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।टाउकोमा

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 617 पटक पढिएको
  • काेशी नामाकरण बिरुद्दकाे आन्दोलनमा मृत्यु भएका लिम्बुको अन्त्येष्टी आज

    सुनसरी । कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको आज सब यात्रा सहित अन्त्येष्टी गरिदैछ । एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अत्येष्टि गरिन लागिएको हो । ‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लाग

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 170 पटक पढिएको
  • झापामा जङ्गली हात्तीले आक्रमणबाट वृद्धको मृत्यु

    झापा  ।  जङ्गली हात्तीको आक्रमणमा परी झापाको बुद्धशान्ति गाउँपालिका–५, खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार शनिबार बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो ।बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले बताएका छन । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए।जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 161 पटक पढिएको
  • घाँस काट्न गएकी महिलालाई बाघले बेपत्ता बनाएसि स्थानीयवासी त्रसित

    मधेस प्रदेश  ।  कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात छ ।    शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् ।घटनापछि प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।  बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 184 पटक पढिएको
  • उपनिर्वाचनका लागि आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

    चलागी  ।  वैशाख १० गते हुने  बारा–२, तनहुँ–१ र चितवन–२ मा आइतबार हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ। इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् ।जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बता

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 223 पटक पढिएको
  • बैशाख १० गते आइतबार सार्वजनिक बिदा

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 245 पटक पढिएको
  • स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी अज्ञात समूहबाट तोडफोड

    काठमाण्डौ  । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।तनहुँको व्यास नगरपालिका–३ स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।बिहिबार राति करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड भएको थियो।गाडिको साइडसाइडका सिसा फुटेको  इन्सपेक्टर विकले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिएको डिएसपी खाँणले बताए। घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने उनले ब

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 173 पटक पढिएको
  • विश्वकै ठूलो प्रविधि कम्पनी गुगल नेपालको कर प्रणालीमा दर्ता

    काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले चालु आर्थिक वर्ष २०७९ र ८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको हो। विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी व

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 172 पटक पढिएको
  • आइतबार हुने निर्वाचनमा, मौन अवधिमा सुरु

    काठमाण्डौ  ।  बारा–२, तनहुँ–१ र चितवन–२ मा आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरू भएको छ।मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती १२ बजेदेखि मौन अवधि लागु गरेको छ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था छ।सो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्टि आदि गर्न पाइने छैन।साथै उम्मेदवारको पक

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.