समाचार

    Showing 19,831-19,840 of 25,967 items.
  • एमाले अध्यक्ष ओली माथि ढुङ्गामुढा प्रहार गर्ने पक्राउ

    झापा  ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताउनुभयो ।बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उहाँमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ । कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 117 पटक पढिएको
  • अध्यक्ष केपी ओली बुद्धशान्ति गाउँकमिटिको बृहत कार्यकर्ता भेटघाटमा ब्यस्त

    झापा  ।  बुद्धशान्ति  बुधबारेमा नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिको आयोजनामा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।  सयाँैको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यत रहेको  थियो ।कार्यक्रममा पूर्व सभामुख तथा वरिष्ठ नेता सुवास नेम्बाङको आतिथ्यता र पार्टीका बुद्धशान्ति अध्यक्ष नेत्र रिजालको अध्यक्षता रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा एमाले पार्टी देशको लोकप्रिय र देश विकासका लागि एमाले पार्टीको विकल्प नरहेको पार्टी अध्यक्ष केपी ओलीले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 215 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितको प्रस्ताव पेशगर्ने कार्यसूची रहेको छ ।यसैगरी, आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोध

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 152 पटक पढिएको
  • ढाकाकुमारको सांसद पद खारेज भएको सदनलाई जानकारी

    काठमाडौँ । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको जानकारी गराएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए।एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो।

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 167 पटक पढिएको
  • मोरङको मिक्लाजुङ गाउँपालिकाबाट १३ जना बालिकाहरू पक्राउ

    मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने  १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई सोमबार नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ द

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 232 पटक पढिएको
  • झापा एमाले केन्द्रीय कमिटीको बैठक बस्ने

    काठमाडौं  ।   नेकपा (एमाले)ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ।केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए। एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो।उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो। उक्त अभियान यही वैशाख १० गते सकिएको छ। सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ।

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 244 पटक पढिएको
  • रास्वपाका सभापति लामिछाने चितवन -२ बाट विजयी

    चितवन   ।   चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभयो । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गर्नुभयो ।चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बद

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 313 पटक पढिएको
  • उपनिर्वाचन बारा-२ बाट जसपा अध्यक्ष यादव विजयी

    बारा  ।   बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी हुनुभएको छ । यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।उहाँका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्नुभएको हो । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गर्नुभयो ।बारा-२ मा कुल ६९ ह

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 204 पटक पढिएको
  • रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्दै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन ।  चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका छन।सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन सभापति लामिछानेले भने, सरकारमा जाने त सम्भावनै छैन। सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।सभापति लामिछानेले भने काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने नयाँ सरकारको त

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 77 पटक पढिएको
  • मेयर बालेनको आदेशपछी १६ औं दिनमा उठ्यो सिंहदरबारको फोहोर

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ ।फोहोर संकलन रोकिएको १६ औं दिनबाट ती स्थानको फोहोर उठाउन थालिएको हो । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका प्रमुख व्यवस्थापक तथा फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र साहले टेलिफोन गरेर फोहोर उठाउन निर्देशन दिएका थिए ।मेयर बालेनको निर्देशन आउनेबित्तिकै सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति निवासको फोहोर उठाउन थालेको छ। सोमबार साँझसम्म सिंहदरबारको फोहोर पुरै उठ्यो। बालुवाटार तथा राष

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 173 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.