समाचार

    Showing 19,811-19,820 of 23,854 items.
  • नाबालिकालाई बलात्कार गरि फरार रहेका युवक पक्राउ

    झापा / प्रहरीले नाबालिकालाई अपहरण गरी बलात्कार गरेर फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् ।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई बलात्कार गरेको  अन्सारीमाथि आरोप छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका- ५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • 57 पटक पढिएको
  • हात्ती धपाउन हिँडेका १५ वर्षीय किशोरको सर्पको टोकाइबाट मृत्यु

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -५ मा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले बताएका छन्  । गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका किशोरलाई विषालु सर्पले टोकेर टोकेको थियो ।सर्पको टोकाइबाट घाइते भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र  चारआलीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • 65 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउनसुगर सहित लिम्बू पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –२ स्थित चारपानेबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति –४ का ३१ वर्षीय चन्द्र बहादुर लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा मंगलबार बेलुका ७ बजे  इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्रिएको हो । पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः असार ८, २०७९
    • 150 पटक पढिएको
  • करेन्ट लागेर रोमन कुमार चन्दको मृत्यु

    सङ्खुवासभा  / सङ्खुवासभाको धर्मदेवी नगरपालिका –५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान हाइड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उक्त हाईड्रोका इन्जिनियर पोखरा महानगरपालिका –१२ का ३९ वर्षीय रोमन कुमार चन्द घाईते भएका थिए । घाईते चन्दलाई उपचारको लागी हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

    • प्रकाशित मितिः असार ८, २०७९
    • 82 पटक पढिएको
  • सवारी दुर्घटना परी दुई जनाको मृत्यु

    विराटनगर / मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –२ की विमला खड्का रहेकी छिन् ।  मंगलबार राती साँढे ७ बजे मोरङको पथरी शनिश्चरेमा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खड्का घाईते भएकी थिइन् । खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै मंगलबार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका –११ मा ३३ प ४२४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० वर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । जिल्

    • प्रकाशित मितिः असार ८, २०७९
    • 62 पटक पढिएको
  • पाँच सय भारतीय पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउँदै

    जनकपुर / ‘भारत गौरव पर्यटक रेल’ ९ असारमा जनकपुरधाम आउने भएको छ । भारतीय पर्यटक बोकेर उक्त रेल जनकपुरधाम आउने भएको हो।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाका अनुसार भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने छ । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।महाप्रबन्धक झाका अनुसार भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’ मा करिब ५०० भ

    • प्रकाशित मितिः असार ८, २०७९
    • 55 पटक पढिएको
  • अन्तर्राष्ट्रिय कल बाइपास गर्ने खान पक्राउ

    पर्सा / अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।वीरगञ्ज महानगरपालिका –२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • 66 पटक पढिएको
  • १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय युवक पक्राउ

    झापा / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका- ५ थाङ्दीमा डेरा गरि बस्ने गोरखा चुनमुवी गाउँपालिका- ३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 88 पटक पढिएको
  • बुधबार देखि निजी क्षेत्रका सबै उडान स्थगित

    काठमाडौं / वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ । यसबारे केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारी दिए ।मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो । वायुसेवा सञ्चालक संघ, नेपालले सङ्घसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धार ल

    • प्रकाशित मितिः असार ७, २०७९
    • 104 पटक पढिएको
  • साइकल चोरी गरि भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिकाको बिभिन्न स्थानमा पार्किङ गरी राखिएका साइकलहरू चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  भद्रपुर नगरपालिका वडा नं -९ देवकोटा चोक बस्ने वर्ष ३९ को उदय दाहाल र भद्रपुर -८ बस्ने वर्ष १९ को पेन्टा भन्ने लालदेव महतो रहेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा प्रहरीले चोरी गरिएका ४ थान साइकल भारत तर्फ लैजाँदै गरेको अवस्थामा नेपाल भारत सिमाना मेचीपुलमा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको  छ । 

    • प्रकाशित मितिः असार ७, २०७९
    • 220 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.