समाचार

    Showing 19,701-19,710 of 25,966 items.
  • अर्घाखाँची आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

    अर्घाखाँची  ।   अर्घाखाँचीमा घरमा लागेको आगो निभाउनेक्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एकजनाको उपचारका क्रममा काठमाडौंमा निधन भएसँगै मृतकको संख्या चार पुगेको हो ।  भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।  घरमा लागेको आगो निभाउने क्र

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 177 पटक पढिएको
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।प्रहरी स्रोतकाअनुसार खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 201 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यस्तै राति देशको पहाडी भू-भागका आंशिक बदली रह

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 164 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भूमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । थप दुई जनासहित शरणार्थी प्रकरणमा संलग्न भइ पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 211 पटक पढिएको
  • झापामा प्रहरीले गोली चलायो दर्जन घाइते

    झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ १२ जना बडि घाइते भएका छन ।प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 617 पटक पढिएको
  • पाल्पामा दुई शव फेला

    काठमाडौँ । पाल्पामा झुन्डिएका अवस्थामा फरक फरक ठाउँमा दुई शब फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन।जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा रमाथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो।दुवै शवहरु सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन्।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 189 पटक पढिएको
  • आज कानून दिवस

    काठमाण्डौ ।  नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानूनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका ला

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 167 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    झापा  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज (मंगलबार) दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 218 पटक पढिएको
  • कक्षा १२ को परीक्षा चार लाख ६७ हजार परीक्षार्थीले दिँदै

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए । “परीक्षाका लागि आवश

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 201 पटक पढिएको
  • प्रबेश पत्र पैसा बिना स्कुलले नदिदा कक्षा १२ मा पढ्ने जित बहादुरले जीवन समाप्त गरे

    धादिङ   ।   धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आफ्नो जीवन समाप्त गरेका छन । गरिब परिवारबाट रहेका उनी बैशाख २६ बाट सुरु हुने १२ को परिक्षाको लागि परिक्षा प्रबेश पत्र लिन स्कुल गएका थिए ।तर स्कुलका प्रिन्सिपलले पहिला पैसा लिएर आउ अनि मात्रै प्रबेश पत्र दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए ।सोही राती उनले आफ्नो जीवन समाप्त गरेको उनको परिवारले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.