समाचार

    Showing 19,551-19,560 of 25,966 items.
  • विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

    विराटनगर   । मोरङको सुन्दरहरैचा नगरपालिकाको श्री माध्यमिक विद्यालयका  विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन्  ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल हुन् । उनी शनिबार (आज ) बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेक

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 253 पटक पढिएको
  • चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 239 पटक पढिएको
  • एमाले नेताको जिम्मेवारी हेरफेर

    काठमाडौँ । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।शुक्रबार बसेको केन्द्रिय समिति बैठकले नेताहरुको हेरफेर गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजकको जिम्मा दिइएको छ ।बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग पर

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 172 पटक पढिएको
  • भारतमा ट्रेन दुर्घटना २३३ जनाकाे मृत्यु, सयाैं घाइते

    एजेन्शी  ।   भारतको उडिसा राज्यमा धेरै वटा रेल आपसमा ठोक्कएर भएको दुर्घटनामा २ सय ३३ जना भन्दा बढिको मृत्यु भएको छ । घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।दुर्घटना भएको बालास्वर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले जानकारी दिएका छन। शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को ट्रयाकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।भारतमा भएको यो दुर्घटना शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो । घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 387 पटक पढिएको
  • भारतको मणिपुर हिंसा भड्किँदा कम्तीमा ९८ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् । ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ । मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 262 पटक पढिएको
  • जङ्गली च्याउ खादा दुइको मृत्यु

    धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।जिल्लामा उपचार हुन नसकेपछि हिजो बिहीबार उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 179 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो  देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रह

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 256 पटक पढिएको
  • टेस्लाका सीईओ एलन मस्क विश्वको धनी व्यक्ति

    एजेन्शी । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन्। टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन्।पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा सोहि समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे। सो घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो।ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ। जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 277 पटक पढिएको
  • दुई दर्जन सहसचिवको सरूवा, भन्सार विभागको महानिर्देशक फेरिए

    काठमाडौं । सरकारले ४४ जना सहसचिव सरुवा गरेको छ । कतिपय शक्तिशाली सहसचिवहरूले सरुवा भएको २२ दिनमै सरूवा बदर गर्न सफल भएका छन् । २०८० वैशाख २० गते  संघीय मामिला तथा सामान्य प्रशासनबाट सहसचिव कमल भट्टराईको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको थियो। मन्त्री सुदन किराँतीले विवादस्पद सहसचिव भन्दै उनलाई मन्त्रालयमा भित्र्याउनै चाहेनन् । उनको सरुवा पत्र पर्यटन मन्त्रालयले बुझ्न नमाने पछि यो बिचमा सहसचिव भट्टराईले चलखेल गरेर सामान्य मन्त्रालयमा थमौती गर्दै प्रवक्ताको समेत जिम्मेवारी लिन सफल भएका छन् ।अघिल्लो साता २२ सहसचिवको सरुवा  गरिएको थियो । जसमा रक्षा मन्त्रालयका स

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 303 पटक पढिएको
  • बालेन एक्कासी भारत भ्रमणमा, कार्यबाहकको जिम्मेवारी डंगोललाई

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत प्रस्थान गरेका छन् ।बिहीबार उनी भारत प्रस्थान गरेका हुन् । उनी के कामको लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन् ।उनले बिहीबारदेखि उपप्रमुख सुनिता डंगोललाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् । मेयर बालेनले स्वदेश नफर्किँदासम्म महानगरको कार्यबाहक प्रमुखको जिम्मेवारी डंगोललाई दिएका हुन् ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 277 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.