समाचार

    Showing 19,511-19,520 of 25,966 items.
  • एनआईसी एशिया बैँकमा व्यक्तिको खाताबाट एक लाख रुपैयाँ गायब

    चितवन   ।   एनआईसी एशिया बैँक हाकिमचोकबाट व्यक्तिको खाताबाट एक लाख रुपैयाँ हराएको छ ।जेठ २३ गते भरतपुर–१० की अनिता गौतम दवाडीको खाताबाट सो रकम हराएको हो ।अनिताका श्रीमान् गंगाधर दवाडीले बिगत पाँच वर्षदेखि सञ्चालन गरिरहेको खाताबाट एकाएक एक लाख रुपैयाँ गायब भएपछि आश्चर्यमा परिएको बताए । उनले भने सबै कारोबार चेकबाट मात्र गरेका थियौं । कुनै अनलाइन बैकिङको सेवा पनि लिएका थिएनौं । अचानक पैसा गायब भयो।पैसा हराएको भन्दै उनीहरुले चितवन प्रहरीमा उजुरी पनि दिएका छन् ।चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले पैसा हराएको बारेमा प्रहरीमा उजुरी परेको जानकारी दिदै भने हामीले छानबिन गरिरहेक

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 440 पटक पढिएको
  • कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

    काठमाण्डौ  ।   रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन। चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो।बसपार्कमा रहेको ग ३ च ४६१० नम्बरको वोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मन कुमारी शाहीको मृत्यु भयको छ। घाइते रिता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 141 पटक पढिएको
  • आज बुटवल जाँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन् ।लुम्बिनी केबलकारको उद्घाटन गर्न उनी आज बुटवल जान लागेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको छ ।लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ। कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 216 पटक पढिएको
  • जनमत फेरि सरकारमा जाने तयारी

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी दोस्रो पटक सहभागि हुन लागेको हो ।यस अगाडी प्रचण्डकै नेतृत्वमा जनमत पार्टी सरकारमा थियो । पुस १० बाटै सरकारमा रहेको जनमतले केही समय अगाडी मन्त्रालय भागवन्डामा चित्त नबुझाएको ले सरकार छोडेको थियो ।जनमत फेरि सरकारमा आउने गरी प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा लागेपछि प्रधानमन्त्रीले पनि उनीहरुलाई सरकारमा ल्याउने तयारी थालेको छन् । छलफलका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।सरका

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 217 पटक पढिएको
  • निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक आह्वान गरेको छ । बुधबार आयोगका पदाधिकारीहरूको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्तावविरुद्ध छलफलका यही जेठ २६ गते बिहान साढे ११ बजे सर्वदलीय बैठक आह्वान गरेको हो ।सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेण्डा तय गरिएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजीबारे, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 208 पटक पढिएको
  • विश्व महानगर सम्मेलनमा भाग लिन बालेन बेल्जियम जादै

    काठमाडौं   । सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन्।

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 288 पटक पढिएको
  • अवैध कल बाइपास गर्ने पक्राउ, तीन हजार सात सय सिम बरामद

    काठमाडौं। चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् ।ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल\एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौँ महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शङ्कास्पद गतिविधि भइ

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 235 पटक पढिएको
  • अरूले निर्णय नै गरेका छन्; प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिएका छन्।बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरुले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताएका हुन् ।यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन । साथीहरूले भन्नुभयो–सट्टापट्टा भन्यो । मैले भनेकै होइन, मैले यसो पनि विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग । मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिनँ,

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 43 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ ।  तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा 'लू'को सम्भावना यथाव

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 215 पटक पढिएको
  • नेपाली नागरिकता लिने ९ भारतीयलाई थुनामा पठाउने आदेश

    काठमाण्डौ  ।  पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 42 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.