समाचार

    Showing 19,501-19,510 of 25,966 items.
  • दुईवटा यात्रुवाहक विमानहरू धावनमार्गमा ठोक्किए

    एजेन्सी। टोकियोको हानेदा विमनस्थलमा दुईवटा यात्रुवाहक विमानहरू ठोक्किएका छन् । जापानको स्थानीय समय बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएका हुन् ।शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका थिए। ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 365 पटक पढिएको
  • पिकअप सहित तस्करीको माछा पक्राउ

    काठमाण्डौ   ।    धनगढीबाट तस्करीको माछा प्रहरिले समातेको छ। धनगढीको जुगेडाबाट तस्करीको माछा समातिएको प्रहरीले जनाएको छ।शनिवार विहान स्थानीयको सूचनाको आधारमा भारतबाट ल्याइदै गरेको पिकअपसहित माछा समातिएको हो। चालीस पेटी माछासहित धनगढी जुगेडाका राजकुमार रानालाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताएका छन। सुदूरपश्चिम प्रदेश ०१–००१च ३४१९ नम्बरको पिकअप गाडीमा जलकपुर नामको माछा ल्याइएको साउँदले बताए।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 350 पटक पढिएको
  • पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

    काठमाण्डौ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ। भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो।यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन्।स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालक पौडी खेल्न गएको र सोही क्रममा डुवेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 242 पटक पढिएको
  • कञ्चनपुरमा महिलाको शव फेला

    कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो। उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्।राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए। उनले मृत्युको कारण नखुलेको बताए।

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 296 पटक पढिएको
  • आइतबार आमहड्तालको घोषणा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो ।स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताउनु भयो ।उनले शुक्रबार सुदूरपश्चि

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 299 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।  महाशाखाले अझै केही दिन गर्मी बढ्ने देखिएको जनाएको छ ।महाशाखाका अनुसार आजको मौसम कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।बेलुका&

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 242 पटक पढिएको
  • जनताले बचत गरेको पसिनामा सहकारीको खेलबाड, जनता लुटिंदा सरकार मुकदर्शक

    काठमाण्डौ । पछिल्लो समय झापा लगायत देशभरबाट सहकारी संस्थाले ठगेको र बचत फिर्ता नदिई भागेको उजुरीहरु आउने गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मात्र १२ सहकारी सञ्चालकहरु बचत हिनामिना गरी फरार रहेका छन् ।सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता नदिई फरार हुने क्रम बढेको छ । सञ्चालकहरुले सहकारी ऐन, कानून, नीति नियम, सिद्धान्त विपरित सहकारी सञ्चालकहरुले मनोमानी ढङ्गले घर, जग्गामा लगानी गरी, घर जग्गा व्यापारीलाई १८ देखि २४ प्रतिशतमा ऋण दिएको र आफूखुशी आफ्ना नातेदारका नाममा ऋण दिइ सञ्चालकहरुले सहकारीको पुँजी अपचलन गरी घर जग्गा, सवारी साधन खरीद गरेका कारण सहकारी समस्या आएको सहकारीबाट ठगिएकाहरु बता

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 1,877 पटक पढिएको
  • झापा प्रहरिले अवैध सामान र बोलेरो गाडी नियन्त्रणमा

     झापा ।   जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहिबार  करिब ४: ३० बजे  मेचिनगर नगरपालिका वडा नं. ६ दुर्गा मन्दिर स्थितबाट नेपाल देखी भारत तर्फ अवेध रुपमा लैजादैं गरेको विन चिटर १७० पिस र ट्राउजर ४० पिस अं.मु.रु.२,४४,०००।– बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको छ। मिति २०८०।०२।२४ गते अं.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजार स्थित रहेको भद्रपुर केचना आवत जावत गर्ने सार्वजनिक पक्कि सडक खण्डको पश्चिम तर्फ रहेको कल्भटको

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 384 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वा हल्

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 110 पटक पढिएको
  • सर्लाहीमा प्रहरी र गाउँलेबीच झडप

    काठमाडौं । भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप भएको छ । बिहिबार दिउँसो ३ बजेतिर सर्लाहीको धन्कौल गाउँपालिका–६ बैरिया टोलमा गाउँले र प्रहरीबीच झडप भएको हो। झडपमा दुईजना प्रहरी घाइते भएका छन्, स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ।सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार स्थानीय राजु सहनीको घरमा भारतबाट ठूलो मात्रामा रासायनिक मल ल्याएर राखेको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो । मल नियन्त्रणमा लिन प्रयास गरेपछि स्थानीयले ढुंगा मुढासहिले आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थि

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.