समाचार

    Showing 19,401-19,410 of 23,854 items.
  • एक हजार दरका ५० थान नक्कली नोटसहित भारतीय पक्राउ

    झापा  / सर्लाहीमा नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको सीतामढी सोनबर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरका ५० थान नक्कली नोटसहित उनी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई उक्त नोटहरू सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 62 पटक पढिएको
  • सर्वसाधारणलाई ठगी गरेको आरोपमा १५० भन्दा बढी युवायुवती पक्राउ

    झापा / सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक मार्फत  चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको  आरोपमा १५० भन्दा बढी युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं -२ बाट ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार जानकीनगरमा -३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 119 पटक पढिएको
  • करारका कर्मचारी हटाएपछि नगरपालिकाको सेवा प्रभावित

     झापा / साउन १ गतेदेखि उदयपुरको त्रियुगा नगरपालिकाले ६० जना अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो । निर्णयका आधारमा करार र अस्थायी कर्मचारीहरू स्वतः निष्कासनमा परेका छन् ।नगरपालिकाले करारमा कार्यरत कर्मचारीको म्याद थप नगरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीको कारण सेवा प्रभावित भएको छ ।करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ ।करार र अस्थायी कर्मचारीले आफ्नो म्याद थप गर्नुपर्ने माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना दिँदै आएका छन् । नगर प्रमुख बसन्तकुमार बस्नेतले आफ्ना माग नसुनेको र बिनाकार

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 113 पटक पढिएको
  • रुख ढलेर बस र स्कुटर च्याप्दा तीन जनाको मृत्यु, १५ घाइते

    काठमाडौं  / भक्तपुरको भक्तपुर नगरपालिका –१ स्थित सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार सल्लाको रूख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । बसमा सवार अन्य १५ जना घाइते भएका प्रजिअ शर्माले जानकारी दिइन् । घाइतेहरूको भक्तपुरमा रहेको इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।अहिले नेपाली सेनाले सडकमा ढल

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 92 पटक पढिएको
  • दुई सय केजी गाँजा सहित २ जना पक्राउ

    विराटनगर / धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरूबाट दुई सय १२ केजी लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो ।यसरी गाडीमा लागूऔषध गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिकापा- ५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।यसैगरी सुनसरीको इनरुवा नगरपालिका- ४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना प

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 128 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौं / सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’’  भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’’ पेश गर्ने जानकारी दिए ।त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्र

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 58 पटक पढिएको
  • भारतमा कोरोना : पछिल्लो २४ घण्टामा ६० जनाको मृत्यु, २१ हजार नयाँ संक्रमित

    एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल सङ्क्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्मकोरोनाबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोनाका सक्रिय संक्रमित छन् । कुल सङ्क्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना निको दर ९८ दशमलव ४६ प्रतिशत छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 57 पटक पढिएको
  • मेचीपुल छेउबाट ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल छेउबाट लागूऔषध  ब्राउनसुगर सहित  २ जनालाई  प्रहरीले पक्राउ  गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका- ४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।  ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको  ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 122 पटक पढिएको
  • सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

    झापा / सङ्खुवासभा र मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सवा ११ बजे  सङ्खुवासभाको खाँदबारी नगरपालिका- ९ स्थितमा बा २० च ९५०२ नम्बरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका- ५ भोजपुरकी भूमिका बिष्टको ३ वर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि स्थानीय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- १० स्थित राजमार्गमा मे १ ख ३२३० नम्बरको बसले को ३७ प १४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका- २० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 64 पटक पढिएको
  • झापाको कचनकवलका तीन किशोरीले गरे सामूहिक आत्महत्या

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –५ स्थित पाठामारीका तीन जना किशोरीले सामूहिक आत्महत्या गरेका छन् ।पंचम गणेशकी १६ बर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरबल गणेशकी १६ बर्षिया छोरी कल्पनाले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।उनीहरु तीनै जना पाठामारीको बेल्लेगाउँस्थित झिङ खोलाको किनारमा रहेको बयरको रुखमा आज बिहान ७ः३० बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । स्थानीय रत्न बुढाथोकीका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । बिहान स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन् । तीनै जना किशोरीहरू सुनको

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 1,665 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.