समाचार

    Showing 19,391-19,400 of 23,853 items.
  • १६ क्विन्टल काइनेटिक ढुङ्गासहित एक युवक पक्राउ

    झापा / सुर्खेतमा १६ क्विन्टल काइनेटिक ढुङ्गासहित प्रहरीले पक्राउ एक युवकलाई पकाउ गरेको छ । पक्राउ पर्नेमा  वीरेन्द्रनगर नगरपालिका - ११ समावेशी टोलका ३२ वर्षीय दीपक बस्नेत रहेका छन् । आइतबार प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा १६ क्विन्टल ९१ किलो सात सय ग्राम अवैध काइनेटिक ढुंगा फेला परेको हो । ढुङ्गासहित पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 58 पटक पढिएको
  • अवैध रुपमा भारत लैजाँदै गरेको १५० कार्टुन रक्सी नियन्त्रण

    बिर्तामोड / मोरङको जहदा गाउपालिका -१ कालाबंजरा स्थितमा नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजाँदै गरेको दिलवाले रक्सी १५० कार्टुन नियन्त्रणमा लिइएको छ । हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्न साथ चालक गाडी छोडी फरार रहेकाले खोजतलास भइरहेको छ । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 60 पटक पढिएको
  • पाल्पा बस दुर्घटना : मृतक ६ जनाकै सनाखत, घाइतेहरूको उपचार हुँदै

    रूपन्देही / बाग्लुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवलतर्फ आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतकको सोमबार बिहान सनाखत भएको छ ।मृत्यु हुनेमा बाणगंगा नगरपालिका –२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका –८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका –७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बर्दघाट नगरपालिका –५ पश्चिम नवलपरासीका २४ वर्षीया पूर्णिमा विक, बडिघाट गाउँपालिका –१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका –७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाका अनुसार पाल्पाको रिब्दीकोट गाउँप

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 64 पटक पढिएको
  • ब्राउन सुगर सहित शिवसताक्षीका श्रेष्ठ पक्राउ

    बिर्तामोड / प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीका २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका साझ ६ बजे इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६०० मिली ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 71 पटक पढिएको
  • सुनसरीमा रुखले किचेर स्कुटी चालकको मृत्यु

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र  नगरपालिका - ९  कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका -११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् ।आइतबार दिउसो साढे ३ बजे कोशी टप्पु वन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र १ ०२- ०४४ प ६६८१ न को स्कुटी चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढली किचेर घटनास्थलमै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ वर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । घाइतेको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । हिजो नै भक्तपुरमा रुखले गाडी किच्दा ३ जनाको मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 55 पटक पढिएको
  • श्रीमतीको हत्या गरि भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

    चितवन  / चितवनको भरतपुर महानगरपालिका –१० स्थित रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । कृष्णप्रसादले आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी रुष्माको उपचारको क्रममा चितवन मेडिकल कलेज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकार

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 63 पटक पढिएको
  • प्रदेश न १ सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ ।देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सोमबार देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 48 पटक पढिएको
  • पहिरोमा परेर एकै घरका तीन जनाको मृत्यु, एक घाइते

    अछाम / अछामको तुर्माखाँद –२ स्थित भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको हो । अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जीवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमूली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएका थिए । 

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 52 पटक पढिएको
  • मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

    झापा / भक्तपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका- १ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ र  अर्का १  जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा ८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका- १ सिरुटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका  उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 75 पटक पढिएको
  • एक हजार दरका ५० थान नक्कली नोटसहित भारतीय पक्राउ

    झापा  / सर्लाहीमा नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको सीतामढी सोनबर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरका ५० थान नक्कली नोटसहित उनी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई उक्त नोटहरू सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 62 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.