काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम&nbs
काठमाडौँ / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘पीडित पुनः भेटघाट कार्यक्रम –२०८०’ कार्य योजना अनुसार पीडितहरूको घरदैलोमा पुगी भेटघाट गरी सूचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ । पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरूबाट सञ्चालन गर्ने कार्यबिधी अनुसार सोमवार (आज) कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाको उपस्थितिमा सुनसरीको दुहबी नगरपालिका- २ स्थित पीडितको घरमा गई पीडितसँग छलफल तथा अन्तरक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । त्यस्तै आजैबाट प्रदेश भर
काठमाडौँ / भोजपुरको साल्पासिलिछो गाउँपालिका- ३ का १९ बर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी टोली खटि गई अनुसन्धान गरिरहेको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेको तथा रक्ताम्मे अवस्थामा मृत फेला परेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
काठमाडौँ / मोरङको पथरी शनिश्चरे नगरपालिका- २ पूर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ९ बजे ना ०६ ख १३७२ नम्बरको ट्रकले विपरित दिशाबाट आँउदै गरेको को । २ ह २३९३ नम्बरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ वर्षीय भीम शरण तामाङको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको हो । ट्रक चालक झापा बिर्तामोड नगरपालिका - ४ का ४६ वर्षीय नेत्र प्रसाद मैनालीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / मुग्लिन नारायणगढ सडकखण्ड पुन:सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मी सहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।
बिर्तामोड / हात्तीको आक्रमणमा परी झापाको एक वृद्धाको मेचीनगर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका – १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् । इलाका प्रहरी धुलाबारीका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ हात्तीको आक्रमणमा परेकी हुन् । घटनास्थल घरसँगै जोडिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी धुलाबारीका इन्स्पेक्टर अनिल मावोहाङले बताएका छन् । साही हात्तीले बुद्धशान्
काठमाडौँ / नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासङ्घलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अध्यक्ष बिष
काठमाडौँ / आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए ।पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । दुई तर्फ सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ । दुईतर्फी नै सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मुलुकभर आंशिक बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
काठमाडौं / काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको छ ।अहिले ललिता निवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.