एजेन्सी / हवाई हमलामा परि सुडानमा २२ जनाको मृत्यु भएको हो । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।विद्रोही सङ्गठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेना
काठमाडौं / मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ स्थित निवासमा मृत भेटिएका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको हो । रोविनका दुई छोरीहरू फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको बताइएको छ । रोविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको जनाएको छ ।आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाले देशका कतिपय स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले सम्भावित जोखिमब
झापा / मकवानपुरको मनहरी–६ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।प्रहरीका अनुसार दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ । दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । दुर्घटनामा परि केही ब्याक्ती घाइते भएका छन । उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशक
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुस सहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो । ढकालले कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ ।उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
काठमाडौँ / स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँ नगदसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रान्त सीतामढी थाना सुरखण्ड ग्राम सिखण्डी ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेका छन् । उनलाई महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित जलेश्वर भिट्टामोड सडकबाट बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बीआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको रंगेली नगरपालिका- ७ स्थितमा लागूऔषध बिक्री बितरण भइरहेको छ । भन्ने विषेश सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रंगेली- ६ का २४ वर्षीय शेफ खान र २८ वर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका- ३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय क
झापा / अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ ।गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति पुर्याएको हो । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।
काठमाडौं / काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा रुदिल पक्राउ परेका हुन् ।ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९:३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । यसअघि क्लबका अर्का सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.