समाचार

    Showing 19,141-19,150 of 25,965 items.
  • कोरियामा पानी जहाज कम्पनीमा काम गर्नका लागी भाषा परीक्षाको आवेदन खुल्यो

    काठमाडौँ / इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ ।नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ ।यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 104 पटक पढिएको
  • १ करोड २६ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध सामग्री बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना ६ख ४९०२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा TELEPHONE नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  COCO ZEAL नाम लेखिएको हुक्काको कोईला ६० काटुन, Afzal Authentic Flavored Molasses नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्यालीर झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको हो । ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 159 पटक पढिएको
  • सवारी दुर्घटनामा परि बुद्धशान्तिका एक युवकको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  स्कुटर चालक बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठ रहेका छन् । शनिबार बिहान प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअपले मे ५ प २१८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 199 पटक पढिएको
  • राष्ट्रपतिले गरे मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्व सहमतिले पारित भएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 144 पटक पढिएको
  • चित्लाङदेखि काठमाडौंका लागि छुटेको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौँ / चित्लाङदेखि काठमाडौंका लागि छुटेको  बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  चन्द्रागिरि नगरपालिका -४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए । मृतकहरूको पहिचानको भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए । गाडीमा चालकसहित ५ जना सवार थिए । थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 118 पटक पढिएको
  • अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं /  अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  तामाङ समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् । उनको अभिव्यक्तिविरुद्ध संसद्‌मा समेत आवाज उठेको थियो ।प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए । जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 192 पटक पढिएको
  • कोरम नपुगेको भन्दै स्थगित भएको लेखा समितिको बैठक आइतबारलाई तोकियो

    काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा कोरम नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो । बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि  सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बाँस्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 120 पटक पढिएको
  • प्रहरीमा चार दिनको अवधिमा २ सय ८६ जनाको बढुवा सिफारिस

    काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप- समूह तर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूह तर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो । नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरे

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 189 पटक पढिएको
  • २२ वर्षीया युवतीमाथि बलात्कारको प्रयास गर्ने इन्जिनियर पक्राउ

    काठमाडौं / आफ्नै घरमा घरायसी कामदारका रूपमा कार्यरत २२ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल रहेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वरबाट पक्राउ परेका पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन् ।पीडित युवतीले केही समय अगि सामाजिक सञ्जालमा आफूमाथि भएको बलात्कार प्रयासको एक मिनेटको भिडियो नै सार्वजनिक गरेकी छन् ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 265 पटक पढिएको
  • सप्तरीमा एक पुरुष मृत फेला , हत्या भएको आशंका

    झापा  / सप्तरीमा एक युवक मृत फेला परेका छन् । आज बिहान युवकको शव भेटिएको हो । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका  २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो ।प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका- ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।‘उनको अनुहार र शरीरमा रगत देखिएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ सिंहले भने । तिरिकनारायणका साथी हनुमाननगर कंकालिनी- ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 145 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.