समाचार

    Showing 18,691-18,700 of 25,945 items.
  • चिनियाँ युआन र भारतीय रुपैयाँसहित चिनियाँ मुलका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए।उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।पक्राउ परेका छ

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 201 पटक पढिएको
  • गैरीगाउको पेट्रोल पम्प सिल

    काठमाडौं । काठमाडौं उपत्यकाका भित्रका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।अनुगमनको क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए ।

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 186 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल भर्ना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।उहाँलाई छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको जनाएको छ । अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए ।

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 274 पटक पढिएको
  • नक्कली नोट बनाउने सामाग्री सहित दुइजना प्रहरीको नियन्त्रणमा

    काठमाण्डौ   ।   बर्दघाट बजारबाट प्रहरीले नक्कली नोटसहित  दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित विनय होटल∕रेष्टुरेन्टको कोठा नं. ३ मा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्रीसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ब.स.पा.का सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय ब.स.पा.का प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा गएको प्रहरी टोलीले होटल खानतलासी गर्दा जिल्ला तनहुँ रिसिङ गाउँपालिका-३ दानश्री बस्ने वर्ष २५ को सुरज बिक र बुलिङ्टार गाउँपालिका-६ टिमुरे बस्ने वर्ष ३० को क

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 194 पटक पढिएको
  • अरुण तेश्रो समयमै सक्न्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुण तेस्रो जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिएका छन्। बोर्डको बैठकमा प्रचण्डले सो निर्देशन दिएका छन् ।असोज ३० मा सम्पन्न लगानी बोर्डको ५६ औं बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी ( दिदिङ्ग सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 164 पटक पढिएको
  • त्रिभुवन विमानस्थलबाट उडानमा कीर्तिमान

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान–अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानअवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ । सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 212 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोछ साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकद

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 205 पटक पढिएको
  • काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस दुर्घटना

    काठमाण्डौ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ कटारी–गाईघाट सडक खण्डको अँधेरीमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।सोमबार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो ।घाइतेमध्ये चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम नगरपालिका–६ का ७२ वर्षीय वृद्ध बलवीरको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पठाइएको छ भने चालक ठकुरीलाई थप उपचारका लागि

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 178 पटक पढिएको
  • भ्रष्टाचारका नयाँ फाइल छिट्टै खोल्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन् । कैलालीको धनगढीमा समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको नयाँ फाइल खोल्ने तयारीमा सरकार रहेको बताएका हुन् ।‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रधानमन्त्री दाहालले भने । सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहाललेनक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्‍याएको बताए । विगतमा भ्र

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 196 पटक पढिएको
  • भद्रपुरमा नापीका सर्वेक्षक र बिचौलिया १ लाखबढी घूससहित पक्राउ

    काठमाडौँ । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।जग्गा कित्ताकाट गरिदिएबापत घूस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.