काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन् । कैलालीको धनगढीमा समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको नयाँ फाइल खोल्ने तयारीमा सरकार रहेको बताएका हुन् ।

‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वका विरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रधानमन्त्री दाहालले भने । सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले

OM Sai Pathibhara Hospital

नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्‍याएको बताए । विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोप उनको थियो । ‘ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि बताए । ‘कर्मचारीहरू अलि कति पनि जोखिम मोल्न तयार छैनन्, कर्मचारीमा आतंक छ । मैले तपाईंहरू अगाडि बढ्नुस्, संरक्षण सरकारले गर्छ भन्दा पनि मानिरहेका छैनन्,’ दाहालले भने ।