काठमाडौं । नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।
यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान–अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानअवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।

OM Sai Pathibhara Hospital

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।