काठमाडौँ । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गरिदिएबापत घूस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।