काठमाडौं । काठमाडौं उपत्यकाका भित्रका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरिएको छ । अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न अधिकारीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए ।