काठमाण्डौ   ।   बर्दघाट बजारबाट प्रहरीले नक्कली नोटसहित  दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित विनय होटल∕रेष्टुरेन्टको कोठा नं. ३ मा खानतलासी गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्रीसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ब.स.पा.का सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय ब.स.पा.का प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा गएको प्रहरी टोलीले होटल खानतलासी गर्दा जिल्ला तनहुँ रिसिङ गाउँपालिका-३ दानश्री बस्ने वर्ष २५ को सुरज बिक र बुलिङ्टार गाउँपालिका-६ टिमुरे बस्ने वर्ष ३० को कृष्ण बहादुर बिकलाई चेकजाँच गर्दा नक्कली नोट बनाउन प्रयोग हुने सामाग्री बरामद भएको प्रहरीले बताएको छ।

OM Sai Pathibhara Hospital

नक्कली नोटको कारोबार गर्ने व्यक्ति र सामाग्री बरामद गरे पनि मुख्य नाइके अझैपनी नभेटिएकोमा खोजतलास र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।