समाचार

    Showing 18,501-18,510 of 25,945 items.
  • माइतीघरदेखि बानेश्वर सम्म ३० दिनलाई निषेधित क्षेत्र

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन ।मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । मंसिर ७ मा नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने र झडपको सम्भावना भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 442 पटक पढिएको
  • महिला २ किलो कोकिनसहित विमानस्थलबाट पक्राउ

    काठमाडौं । कतारबाट काठमाडौँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।भारतकी ३२ वर्षीया किम्रो साङ्गीको साथबाट एक किलो ९७३ ग्राम लागुऔषध कोकिन बरामद भएको छ। कतारबाट नेपाल आएर  भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।‍लागुऔषध निण्न्त्रण ब्युरोले  थप अनुसन्धान अगाडि बढाएको छ।

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 195 पटक पढिएको
  • आज प्रधानमन्त्रीले अर्थतन्त्रका विषयमा छलफल गर्न बोलाए बैठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज बैठक बोलाएका छन् । उनले छलफलका लागी अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने भएर गरिनेउक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका हुन। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 230 पटक पढिएको
  • विपिन जोशी गाजामा सुरक्षित, इजरायलस्थित नेपाली दूतावासले भन्यो

    काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए।  इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ’ उनले भने ।सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए । उनको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उ

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 172 पटक पढिएको
  • टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ आजबाट

    काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिक

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 240 पटक पढिएको
  • चिसोका कारण ११ जना भूकम्पपीडितको मृत्यु

    काठमाण्डौ । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्।ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्य

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 263 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक बदलीहुने जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।  उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 195 पटक पढिएको
  • सशस्त्र प्रहरी बलले रौतहटबाट आधुनिक हतियार बरामद

    काठमाण्डौ   ।   सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 212 पटक पढिएको
  • मङ्सिर ७ को प्रदर्शनमा सरकारले दमन गर्न सक्ने भन्दै नागरिक बचाउ महाअभियानले गर्‍यो आग्रह

    काठमाडौँ । आगामी मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ । साथै अभियानले उक्त प्रदर्शनमा सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ । मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्दै छ । दुवै प्रदर्शन एकै दिन आयोजना गरिएकोले मुठभेड हुने त होइन भन्ने आशङ्का पैदा भएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 570 पटक पढिएको
  • इलाममा ४० जना यात्रु सवार बस दुर्घटना

    झापा   ।  इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ ।  विद्यार्थी बोकेको बस भिरबाट तल खसेको छ भने दुर्घटनामा १ बालकको मृत्यु भएको छ ।  इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए अनुसार उद्दारका लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको छ। धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली  ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा  दुर्घटनामा परेको हो। कति जना यात्रु घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारि रहेको&n

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.