झापा   ।  इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ ।  विद्यार्थी बोकेको बस भिरबाट तल खसेको छ भने दुर्घटनामा १ बालकको मृत्यु भएको छ ।  

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए अनुसार उद्दारका लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको छ। धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली  ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा  दुर्घटनामा परेको हो। 

OM Sai Pathibhara Hospital

कति जना यात्रु घाइते छन् भन्ने खुलेको छैन । उद्दार जारि रहेको  गाडि मेचीराजमार्गबाट करिव ३०० मिटर तल झरेको छ । घाईतेको उपचारका लागि झापाको अस्पताल लगिएको छ ।Screenshot_2023_1119_192134

FB_IMG_1700404177525