काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । मंसिर ७ मा नेकपा एमाले निकट युवा विद्यार्थी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन गर्ने र झडपको सम्भावना भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

स्थानीय प्रशासनका अनुसार निषेधित क्षेत्रमा पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकिएको छ ।

भने शित्तल निवास क्षेत्र, प्रधानमन्त्री तथा बालुवाटार क्षेत्र, संसद भवन नयाँ बानेश्वर क्षेत्र, सिंहदरवार क्षेत्र र उपराष्टपति कार्यालय रहेको हरितगृह क्षेत्र लैनचौरमा भने दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

निषेधित क्षेत्र घोषणा भएपछि अब यी क्षेत्रमा ५ जना भन्दा बढी मानिसहरु जम्मा हुने, भेला हुने, जुलुस निकाल्ने, धर्ना, घेराउ गर्ने, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौंमा विभिन्न जिल्लाबाट अवाच्छित रुपमा मानिसहरुको आवतजावत बढ्न सक्ने भएकाले सुरक्षा निकायका सबै अंगहरुको समन्वय गरेर निगारानी र चेकजाँचमा कडाई गर्ने निर्णय पनि भएको छ ।

नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने स्थान, समय सबै एकै स्थान माइतीघर मण्डलामा हुने देखिएपछि सुरक्षा समितिको बैठक बसेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।Screenshot_2023_1120_201839Screenshot_2023_1120_201025

Screenshot_2023_1120_200856

Screenshot_2023_1120_200921

Screenshot_2023_1120_201008

Screenshot_2023_1120_200944