काठमाडौँ  ।   जल तथा मौसम विज्ञान विभागले देशमा पश्चिमी वायुको आंशिक बदलीहुने जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।  उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो ।

OM Sai Pathibhara Hospital

दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।