काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज बैठक बोलाएका छन् । उनले छलफलका लागी अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।

अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने भएर गरिनेउक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका हुन। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइने प्रधानमन्त्री प्रचण्डले भनेका छन।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्नेबेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको तर दबाबमुक्त भने भएको पनि बताएका थिए ।