काठमाडौं । कतारबाट काठमाडौँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।
भारतकी ३२ वर्षीया किम्रो साङ्गीको साथबाट एक किलो ९७३ ग्राम लागुऔषध कोकिन बरामद भएको छ। कतारबाट नेपाल आएर भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।
उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।लागुऔषध निण्न्त्रण ब्युरोले थप अनुसन्धान अगाडि बढाएको छ।






































