समाचार

    Showing 18,491-18,500 of 25,945 items.
  • शीतल निवास र बालुवाटार पनि निषेधित क्षेत्र, ललितपुरमा ६ महिना सभा जुनुस गर्न रोक

    काठमाण्डौ  ।  सरकारले राष्ट्रपति कार्यालय रहेको शीतल निवास र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास वरिपरी विरोध प्रदर्शन गर्न निषेध गरेको छ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसीर ५ गते एक सूचना जारी गरेर मंसीर ३० गतेसम्म ती स्थानहरूमा भेला, नारा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको हो।हिजो मात्रै सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण भेला समेत गर्न नपाउने आदेश जारी गरेको थियो।आजै जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महीनाका लागि ललितपुरका विभिन्न क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाउने आदेश जारी गरेको छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 265 पटक पढिएको
  • मेलाको विवादले निम्ताएको झडप, नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर

    काठमाण्डौ । मेलाका विषयमा दुई समूहबीच भएको विवाद उग्र भएपछि प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् । बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर हिजो दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा विवाद हुँदा ढुङ्गामुढा हानाहान भएको थियो । त्यसपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो । महाबिरी झन्डा मेलाको एक दिन पहिला रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ । सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेर नियन

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 201 पटक पढिएको
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुधबार बैठक बोलाइएको हो । मंसिर ७ मा एमालेले काठमाडौंको तनकुनेमा गर्न लागेको प्रर्दशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक बोलाइए पनि पार्टी अिभयान लगायतका विषयमा मात्र बैठकमा छलफल हुने एमाले नेताहरुको भनाई छ ।एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमका अनुसार झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको तयारी समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको हो।बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बज

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 125 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध धनुसा प्रहरीमा जाहेरी

    काठमाण्डौ । हिन्दू सम्राट सेना धनुषाले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाइएको थियो ।जनकपुरधामस्थित उक्त कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषनकुमार यादवले जाहेरी दिएका हुन् । जाहेरीमा प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 381 पटक पढिएको
  • उच्च अदालतका १४ न्यायाधीशको सरुवा

    काठमाडौं । न्याय परिषद्को बैठकले मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्‌को बैठकले मुख्य न्यायाधीश नृपध्वज निरौला सहितको सरुवा गरेको हो।निरौलालाई उच्च अदालत पाटन, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखराको बागलुङ इजलास, उच्च अदालत तुलसीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश कृष्ण गिरीलाई उच्च अदालत दिपायल र उच्च अदालत पाटको हेटौंडा इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।त्यस्तै उच्

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 168 पटक पढिएको
  • निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट निवेदन दायर भएका छन्।अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला आसपास क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो।

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 293 पटक पढिएको
  • अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सल्लाह लिदै

    काठमाडौं । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल गर्ने गर्दैछ । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने निर्णय गरेको हो ।सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशसरण महतले वर्तमान देशको अर्थतन्त्रका बारे बैठकमा ब्रिफिङ गरेका छन् । त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए ।सोमबारको बैठकमा सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पन

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 209 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ   ।    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।राति लुम्बिनी प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 167 पटक पढिएको
  • युवा सङ्घको कार्यक्रम तीनकुनेमा

    काठमाडौं । मङ्सिर ७ गते माइतीघरमा आयोजना गर्ने भनिएको राष्ट्रिय युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने भएको छ । युवा सङ्घले माइतीघर मण्डलामा यही ७ गते ‘युवा-विद्यार्थी विशेष कार्यक्रम’ आयोजना गर्ने तयारी गरेको थियो ।सरकारले आजै माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई ३० दिनसम्म भेला तथा कार्यक्रम गन निषेध गर्ने निर्णय गरेकाले युवा सङ्घले उक्त कार्यक्रमलाई सोही मिति र समयमा काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छ

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 146 पटक पढिएको
  • नेपालमा दर्ता नभए फेसबुक, इन्स्टाग्राम, गुगल, ह्वाट्सएप पनि बन्द हुने

    काठमाडौं । सरकारले अबको तीन महिना भित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्न सक्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकबाट स्वीकृत सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० मा यस्तो व्यवस्था गरिएको हो ।“यस दफा बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ,” उक्त दफाको उपदफा ७ मा भनिएको छ । निर्देशिका आउनु अगावै सरकारले टिकटकमाथि भने प्रतिबन्ध लगाइसकेको छ ।यद्यपि नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई यो प्रावधान लागु हुने छैन । सूचीकरण मात्र

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 207 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.