काठमाण्डौ । हिन्दू सम्राट सेना धनुषाले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाइएको थियो ।

जनकपुरधामस्थित उक्त कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

OM Sai Pathibhara Hospital

प्रसाईंले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषनकुमार यादवले जाहेरी दिएका हुन् । जाहेरीमा प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।