काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट निवेदन दायर भएका छन्।

अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।

OM Sai Pathibhara Hospital

माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न निषेध गर्ने गरी जारी गरिएको सूचना उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी बदर गरिपाउन रिट निवेदनमा माग गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला आसपास क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो।