काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुधबार बैठक बोलाइएको हो ।

मंसिर ७ मा एमालेले काठमाडौंको तनकुनेमा गर्न लागेको प्रर्दशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक बोलाइए पनि पार्टी अिभयान लगायतका विषयमा मात्र बैठकमा छलफल हुने एमाले नेताहरुको भनाई छ ।

OM Sai Pathibhara Hospital

एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमका अनुसार झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको तयारी समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको हो।

बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ ।