काठमाण्डौ  ।  सरकारले राष्ट्रपति कार्यालय रहेको शीतल निवास र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास वरिपरी विरोध प्रदर्शन गर्न निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसीर ५ गते एक सूचना जारी गरेर मंसीर ३० गतेसम्म ती स्थानहरूमा भेला, नारा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको हो।

हिजो मात्रै सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण भेला समेत गर्न नपाउने आदेश जारी गरेको थियो।

आजै जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महीनाका लागि ललितपुरका विभिन्न क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाउने आदेश जारी गरेको छ।FB_IMG_1700582745511