समाचार

    Showing 18,331-18,340 of 25,945 items.
  • देवानगञ्जका गाउँपालिकाका पूर्वअध्यक्ष मेहताको निधन

    सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।  मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो  उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत थिए । मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताएका छन । उनको आज(बुधबार) धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 216 पटक पढिएको
  • आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

    काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाएका हुन्।व्याक्तिगत कारण देखाउँदै थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्। थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 436 पटक पढिएको
  • लोकसेवा आयागले २७० जना अधिकृत विज्ञापन खुलायो

    काठमाडौ । लोक सेवा आयोगले एकैपटक २७० जना अधिकृथको विज्ञापन खुलाएको छ । आयोगले आज सूचना जारी गर्दै यस्तो आवदेन खुला गरेको हो । यो आवेदन निजामती सेवा, न्याय सेवा, परारष्ट्र, प्रशासन, लेखापरीक्षण र मानव अधिकार सेवासम्म रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 289 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका क

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • 246 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथी आक्रमण

    काठमाडाैँ    ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की  सवार गाडीलाई   झापाको दमकमा रोकेर पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्रीमाथि दर्जन बढी संख्याका उनीहरूले आक्रमण गरेका हुन् । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।मुख्यमन्त्रीमाथि आक्रमण भएपछि उनको सव

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 319 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथी आक्रमण

    काठमाडाैँ    ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की  सवार गाडीलाई   झापाको दमकमा रोकेर पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्रीमाथि दर्जन बढी संख्याका उनीहरूले आक्रमण गरेका हुन् । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।मुख्यमन्त्रीमाथि आक्रमण भएपछि उनको सव

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 108 पटक पढिएको
  • ललितपुरमा प्रहरीले चलायो गोली

    काठमाडौं । ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।प्रहरीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा उदयपुरका अविनास राई रहेका छन् । 

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 169 पटक पढिएको
  • सामाजिक सुरक्षा कोषले देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता

    काठमाडौं   ।   सामाजिक सुरक्षा कोषले योगदानकर्ताको उपचारका लागि देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । नियमित योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी ७१ अस्पतालसँग सम्झौता भएको कोषका प्रवक्त रोहित रेग्मीले जानकारी दिए ।हालै सम्झौता भएको अस्पतालबाट योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा २० प्रतिशत मात्र खर्च ब्येहोर्नुपर्ने उनको भनाइ छ ।सम्झौता भएका अस्पतालहरु:कोशी प्रदेश१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा२. बी एन्ड सी मेडिकल कल

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 420 पटक पढिएको
  • सहसचिवमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस

    काठमाडौँ । सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै लेखापरीक्षणतर्फ दुई र आर्थिक योजना तथा तथ्याङ्कतर्फ एक गरी तीन जनाको नाम सिफारिस गरेको छ ।लेखापरीक्षणतर्फ बढुवा सिफारिस हुनेहरूमा घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय रहेका छन् भने आर्थिक योजना तथा तथ्याङ्क सेवातर्फ महेश कुमार सुवेदी रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 191 पटक पढिएको
  • मन्दिरबाट चोरी गरेको शालिग्रामसहित महेन्द्र पक्राउ

    काठमाण्डौ । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.