काठमाण्डौ । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।