काठमाडौं । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। 

OM Sai Pathibhara Hospital

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।