काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीलाई झापाको दमकमा रोकेर पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्रीमाथि दर्जन बढी संख्याका उनीहरूले आक्रमण गरेका हुन् ।
झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।
मुख्यमन्त्रीमाथि आक्रमण भएपछि उनको सवारीलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो भने आक्रमणमा उत्रिने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






































