काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।

मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाएका हुन्।

OM Sai Pathibhara Hospital

व्याक्तिगत कारण देखाउँदै थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्। थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।