सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

६९ वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।  मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो  उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला सदस्यसमेत थिए । 

OM Sai Pathibhara Hospital

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताएका छन । उनको आज(बुधबार) धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।