समाचार

    Showing 18,251-18,260 of 25,945 items.
  • सिटी सफारी पल्टिँदा चालकको मृत्यु

    बिर्तामोड । मेचिनगर-१० धुलाबारीमा  सोमबार बिहान साढे पाँच बजे भित्री सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टँदा चालकको मृत्यु भएको हो ।उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र१-०१-००२ह ७६५ न. को सिटी सफारी आफैं अनियन्त्रित भई पल्टिँदा  चालक मेचिनगर-९ बस्ने बर्ष अन्दाजी ४५ का बद्रीबहादुर बस्नेतको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बताएको छ । उपचारका लागि उनलाई तत्काल बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले ५:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार शव बीएण्डसी अस्पतालमा रहेको र सिटी सफारी ईप्रका धुलाबारीको नियन्त्रणमा रहेको 

    • प्रकाशित मितिः पुस २, २०८०
    • 363 पटक पढिएको
  • पश्चिम नेपालको भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जानलागेका  छन ।नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन।पाठकका अनुसार पूर्वराजा शाहसँगै शाहकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

    • प्रकाशित मितिः पुस २, २०८०
    • 278 पटक पढिएको
  • नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

    काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५० औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो ।नेतृत्व चयनकालागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिष्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रजनी थापाले ४२६ मत ल्याइन् । पोखरेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् । यसअघि पनि उनी राष्ट्रिय अध्यक्षकालागि प्रत्यासी थिए । महाधिवेशनबाट कार्यकारिणी समितिको उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दिप अग्रहरी निर्वाचित भएका छन् ।  महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नर

    • प्रकाशित मितिः पुस २, २०८०
    • 224 पटक पढिएको
  • तीनजना सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा महिलाको मृत्यु

    सर्लाहि । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले पछाडिबाट सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।आइतवार बिहान पहाड घर बैतडी जिल्लाको सिगास गाउँपालिका –९ गन्सुर घर भएकी भागरथी अवस्थी केहि दिन यता भतिजीको विहेको लागी आफ्ना श्रीमान शिवराज अवस्थी सँग कञ्चनपुर आएकी थिईन्। आईतबार विहे सक्काएर घर फर्कने क्रममा उनका श्रीमानले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएकी उनको उपचारका क्रममा धनगढीस्थित मायामेट्

    • प्रकाशित मितिः पुस २, २०८०
    • 227 पटक पढिएको
  • बाजुरामा भूकम्पको धक्का

    काठमाडौँ ।  बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६: ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २, २०८०
    • 172 पटक पढिएको
  • नेपालगञ्ज भन्सारमा यसरी सेटिङमा भित्रन्छ सामानहरु

    नेपालगञ्ज  ।   ढिलो चांडो आखिर गल्तिको पोल खुलेर छोडछ भन्ने भनाई शुक्रबार नेपालगञ्जमा घटेको घटनाले पुनः पुष्टी गरेको छ ।नेपालगञ्ज भन्सार कार्यालयमा हालै प्रमुख पदमा ध्रुवराज विश्वकर्माले नेतृत्व सम्हालेपछी लक्ष्य भन्दा निकै कम र गत बर्षको भन्दा पनि झण्डै २० प्रतिशतले कम राजश्व उठेको छ ।गत महिनामा भन्सार राजश्व कम उठेको बिषयमा गरिएको अध्ययनमा भन्सार सेटिंगमा केही ब्यापारीले समान भित्रयाउने गरेको केही तथ्यहरुले आशंका उब्जाएको छ ।हेर्नुहोस :  नेपालगञ्ज भन्सारको राजश्व उठाएको तुलनात्कम तथ्यांक भन्सार महशुल कम उठेको भन्सार कै तथ्यांक… नेपालगञ्ज भन्सारमा जिप्सन भनेर भन्

    • प्रकाशित मितिः पुस २, २०८०
    • 973 पटक पढिएको
  • पाँच हजार भूमिहीनले पाए लालपुर्जा

    काठमाडौँ । सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पुर्जा वितरण गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । सरकारले भूमिहीन सुकुम्वासीका साथै अव्यवस्थित बसोबासीलाई आवश्यक कानुनी प्रबन्ध गरी भूमिसम्बन्धी समस्या समाधान गर्न गठन गरेको राष्ट्रिय भूमि आयोगमार्फत सङ्कलन गरेको निवेदन मध्येबाट छानबिन गरी उनीहरूलाई पुर्जा वितरण गरेको हो। आयोगले सबै स्थानीय तहलाई निवेदन पठाउन पत्राचारका साथै सूचना प्रकाशन गरेको थियो। देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत स्थानीय तहले प्रमाणीकर

    • प्रकाशित मितिः पुस २, २०८०
    • 609 पटक पढिएको
  • भिजिट भिसा लिएका २४६ जनाको कागजात नक्कली

    काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् ।शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा १ हजार ५ सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये २ सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलग

    • प्रकाशित मितिः पुस २, २०८०
    • 261 पटक पढिएको
  • राष्ट्रिय झन्डा आधा झुकाएर आज एक दिन शोक मनाईने

    काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा पुस आज २ गते शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै भोलि नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा भएको थियो।

    • प्रकाशित मितिः पुस २, २०८०
    • 384 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ साथै तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएकाे छ ।दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः पुस २, २०८०
    • 198 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.