काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जानलागेका छन ।
नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरुको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन।
पाठकका अनुसार पूर्वराजा शाहसँगै शाहकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भ्रमणमा जाने कार्यक्रम तय भएको छ।






































