नेपालगञ्ज । ढिलो चांडो आखिर गल्तिको पोल खुलेर छोडछ भन्ने भनाई शुक्रबार नेपालगञ्जमा घटेको घटनाले पुनः पुष्टी गरेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा हालै प्रमुख पदमा ध्रुवराज विश्वकर्माले नेतृत्व सम्हालेपछी लक्ष्य भन्दा निकै कम र गत बर्षको भन्दा पनि झण्डै २० प्रतिशतले कम राजश्व उठेको छ ।
गत महिनामा भन्सार राजश्व कम उठेको बिषयमा गरिएको अध्ययनमा भन्सार सेटिंगमा केही ब्यापारीले समान भित्रयाउने गरेको केही तथ्यहरुले आशंका उब्जाएको छ ।
हेर्नुहोस : नेपालगञ्ज भन्सारको राजश्व उठाएको तुलनात्कम तथ्यांक भन्सार महशुल कम उठेको भन्सार कै तथ्यांक…

नेपालगञ्ज भन्सारमा जिप्सन भनेर भन्सार गराएर त्यसमा टायल तथा मार्वल ल्याउने गरेको नमूना घटना …
नेपालगञ्ज भन्सारबाट राजश्व छली गरेर नेपालगञ्जका केही होलसेल ब्यापारीले समान भित्रयाएको बिषयमा सुरु गरिएको अध्ययनको क्रममा नेपालगञ्जको कल्पत्रु होटेल नजिक रहेको आरएन हार्डवेयर एण्ड इन्टेरियर डेकोर होलसेल पसलले भन्सारकै सेटिंगमा समान आयात गरेको तथ्यहरु फेला परेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका बिभिन्न स्रोतबाट गरिएको अध्ययन अनुगमनको क्रममा उक्त हार्डवेयरवालाले बिगत केही समय यता बुटवल र नारायणगढका पार्टीहरुसंग समेत कारोबार गदै आएको देखिएको छ ।
आरएन हार्डवेयर एण्ड इन्टेरियर डेकोर नाम गरेको उक्त पसल मोबाईल नम्बर ९८६६८३१७८६/९८१५५१०१८५ भएका रिजवान अहमदले सञ्चालन गरेको नेपालगञ्जको कल्पत्रु होटेल नजिक रहेको आरएन हार्डवेयर एण्ड इन्टेरियर डेकोर होलसेल पसलले गत अक्टोबरको दोस्रो हप्तामा भारतबाट आयात गरि नेपालगञ्ज भन्सार भएर आयात गरेको जिप्सन बोर्डको नाममा अन्य समान आयात गरेको भेटिएको छ ।

हेर्नुहोस तस्बिरमा


आरएन हार्डवेयर एण्ड इन्टेरियर डेकोर होलसेल पसल बाहिर अनलोड गरिरहेको ट्रकमा जिप्सन बोर्ड भनि भन्सारमा इन्ट्री तथा भन्सार गरेको देखिन्छ भने बाहिरी भागमा जिप्सन बोर्ड र भित्रि भागमा बिभिन्न किसिकका मंहगा दरका टायल अनलोडको गरेको देखिन्छ ।
रिजवानले पहिलो पटक गत अक्टोबर ९ तारिखको सांझ नेपालगञ्जको न्यूरोडमा रहेको पसलमा नेपालगञ्ज भन्सार भएर भित्रिएको भारतिय नम्बर पेलेट आरजे १३ जिआर ५४६६ नम्बरको ठुलो लामो लरी ट्रकमा जिप्सन बोर्ड भनेर भन्सार गरेको देखिन्छ ।

उक्त समान ट्रकबाट अनलोड गर्ने क्रममा ट्रकको ढाला बाहिर पटटी जिप्सन बोर्ड र बीचमा महंगा टाइलहरु २×६ साइजका टाइल ल्याएको अनलोडको क्रममा तस्बीरमा समेत देखिएको छ ।
उक्त टायल सोही दिन खजुरा रोडका एकजना ब्यापारीलाई सोही ट्रकमा नै २×६ साइजको ठुलो टाइलको २०० पेटी लगेर विक्री गरेको जानकारी प्राप्त भएको छ ।
भन्सार सेटिंगमा ल्याईको आशंका गरिएको उक्त समान रिजवानले बारम्बार अर्थात नेपालगञ्जमा खपत तथा कारोबार हुने भन्दा बढी समान आयात गर्ने र अन्यत्र तर्फ पठाउने गरेको देखिन्छ ।
रिजवान नेपालगञ्जका भन्दा पनि बढी बुटवलनारायणगढ तर्फका ब्यापारीसंग बढी कारोबार गर्ने गरेको निजले प्रयोग गर्ने मोबाईलको कल डिटेल हेरेमा पनि पुष्टी हुने निश्चित छ ।
उक्त घटनाका सम्वन्धमा आरएन हार्डवेयर एण्ड इन्टेरियर डेकोरका सञ्चालक रिजवान अहमदले आफनो सामान जिप्सन बोर्ड भनी आयात गरिएको र त्यसको भन्सार छुटाउने काम अर्कै ब्यक्तिको नाममा भन्सार एजेन्ट लाईसेन्समा काम गरिरहेका बांके जैसपुरको भन्सार एजेन्ट मेहताब सिद्धिकीले भन्सार गराईदिएको टेलीफोनमा जानकारी दिनुभएको छ ।
बिगतमा पनि नेपालगञ्ज भन्सार कार्यालयमा भैरहवा भन्सारको कालो लिष्टमा परेका ब्यापारीलाई प्रयोग गरेर नेपालगञ्जका भन्सारका केही मार्डसापहरुसंगको सेटिंगमा आयात गरिएको समानको गुणस्तर र परिणाम कम देखाएर मात्र हैन एउटा समान भनेर अकै समान भन्सार गराएर ठुलो माञामा भन्सार राजश्व चुहावट गरेर करोडौं घोटाला काण्डमा दर्जन बढी कर्मचारीहरु कार्बाहीमा परेका थिए भने उक्त कारोबार गर्ने एजेन्ट भारत तर्फ फरार भएको र उक्त कारोबार गर्ने ब्यापारीलाई करिब २२ करोड रुपैया जरिवाना गरिएको थियो ।
उक्त घोटालाको क्रममा भारतबाट पाउडर दुध आयात गरेर नेपालगञ्ज भन्सारमा भांडाकुंडाको भन्सार गराएर काठमाण्डौं जाने क्रममा कलंकीमा केन्द्रिय राजश्व अनुसन्धानको टोलीले गोप्य सूचनाको आधारमा समान सहितको टक नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
नेपालगञ्ज भन्सारबाटै भन्सार छली गरेर सामान आयात गरेको घटनामा शसस्त्र र जनपद प्रहरीले पक्राउ गरि कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयमा अनुसन्धान तथा तथा कार्बाहीमा पठाएका निम्न सवारी तथा समानहरुलाई कार्बाही गरेको जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारीले आफनो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ।
हेर्नुहोस तल: भन्सार भएरै आएका समान पक्राउ परि कार्बाहीमा परेको ।







































