बिर्तामोड । मेचिनगर-१० धुलाबारीमा  सोमबार बिहान साढे पाँच बजे भित्री सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टँदा चालकको मृत्यु भएको हो ।


उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्र१-०१-००२ह ७६५ न. को सिटी सफारी आफैं अनियन्त्रित भई पल्टिँदा  चालक मेचिनगर-९ बस्ने बर्ष अन्दाजी ४५ का बद्रीबहादुर बस्नेतको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बताएको छ ।

OM Sai Pathibhara Hospital

उपचारका लागि उनलाई तत्काल बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले ५:५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार शव बीएण्डसी अस्पतालमा रहेको र सिटी सफारी ईप्रका धुलाबारीको नियन्त्रणमा रहेको  छ ।