सर्लाहि । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले पछाडिबाट सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतवार बिहान पहाड घर बैतडी जिल्लाको सिगास गाउँपालिका –९ गन्सुर घर भएकी भागरथी अवस्थी केहि दिन यता भतिजीको विहेको लागी आफ्ना श्रीमान शिवराज अवस्थी सँग कञ्चनपुर आएकी थिईन्। आईतबार विहे सक्काएर घर फर्कने क्रममा उनका श्रीमानले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएकी उनको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

बसको ठक्करबाट मृतकका श्रीमान शिवराज र १३ वर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए। उनीहरु दुबै जनाको उपचार पछि डिस्चार्ज भएपनि भागरथीको भने मृत्यु भएको हो ।

भागरथीको मृत्युको खबरले गन्सुर गाँउनै अहिले सोकमा डुबेको छ । मृतकका दुई छोरी र दुई छोरा रहेका छन् ।घटना पछि बस र बसका चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।