समाचार

    Showing 18,241-18,250 of 25,945 items.
  • वायुसेवा निगमका दुई कर्मचारी निलम्बन

    काठमाडौँ  ।  नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनले भने, 'मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजना

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 243 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा हुण्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो । साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले बताए । को १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, ए

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 348 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 178 पटक पढिएको
  • उत्तरपश्चिम चीनमा भूकम्प

    काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा परि कम्तीमा १११ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परि कम्तीमा १११ जनाको मृत्यु भएको छ । २२० जना बडि घाइते भएका साथै गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको जइएकाे छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।  

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 227 पटक पढिएको
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    काठमाण्डौ । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।नवदर्शन माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सार्किलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताए।प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 216 पटक पढिएको
  • साइबर अपराध बिरुद्द यसरी दिनुहोस् प्रहरी कार्यालयमा जाहेरी

    काठमाडौं । यदि तपाईं आफू साइबर अपराधको शिकार हुनु भएको छ भने अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सक्नुहुने छ । साइबर अपराध सम्बन्धी घटनाको जाहेरी दिँदा निश्चित ढाँचा प्रयोग गर्नुपर्छ ।साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ । तपाईंले निवेदनको ढाँचा यहाँ क्लिक गरी पाउन सक्नुहुन्छ ।एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्:पीडित

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 221 पटक पढिएको
  • नक्कली सवारी ब्लुबुक बनाउने दुई जना पक्राउ

    काठमाण्डौ   । लिखत कीर्ते गरी नक्कली सवारी  दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।उनका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 281 पटक पढिएको
  • अख्तियारले वडाध्यक्ष कार्कीलाइ ५ लाख घूससहित पक्राउ

    हेटौडा । जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित सोमबार पक्राउ परेका हुन् ।वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 310 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । बिहान पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएकाे छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 176 पटक पढिएको
  • खस क्षेत्री समाजको केन्द्रीय भेला सम्पन्न

    भद्रपुर । खस क्षेत्री समाजको  सामाजिक,धार्मिक, सास्कृतिक तथा आर्थिक बिकास सम्बन्धी बृहत्तर हितमा कार्य गर्ने उद्देश्यका साथ सम्पन्न भेलाले खस क्षेत्री समाज केन्द्रीय तदर्थ समिति गठन गरेको छlसोमबार सम्पन्न भेलाले खड़ग बहादुर खड़काको अध्यक्षतामा बसेको बृहत्तर भेला ब्दारा गठित खस क्षेत्री समाज केन्द्रीय तदर्थ समिति एकाउन्न सदस्यीय रहेको  छ समितिको उपाध्यक्षमा भगवती बस्नेत, महासचिवमा देवेन्द्र किशोर ढुङगाना, सचिवमा बाबूराम कार्की र कोषाध्यक्षमा कमला कार्की निर्बिरोध निर्वाचित भएका छन lउक्त भेलाले  सदस्यहरुमा ज्ञानेंन्द्र काफ़ले,, मोहन कुमार बस्नेत, मान बहादुर धमला लगायत चयन भएका छन l स

    • प्रकाशित मितिः पुस २, २०८०
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.