काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

OM Sai Pathibhara Hospital

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।