काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । 

बिहान पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएकाे छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

OM Sai Pathibhara Hospital

दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।